सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरमा दुईवटा गाडीमा आगजनी

२०७६ वैशाख ५, ०८:१५ खबर संवाददाता

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन्। मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए।  

यसैगरी मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए।  तीनजनाको समूहले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ। उज्यालो अनलाईनबाट साभार 

कमेन्ट लोड गर्नुस