सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम धनगढीद्धारा निशुल्क स्वाथ्य शिविर सम्पन्न

२०८० असार १३, १०:४४ खबर संवाददाता

धनगढीः  कैलालीमा निशुल्क स्वाथ्य शिविर संम्पन्न भएको छ।

जिल्लाको टीकापुर नगरपालिकामा–१ मा मुक्त कमैया शिबिर(शक्तिनगर)मा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढी,कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।Open photo

उक्त शिबिरबाट बाल,बालिका,युवा,युवती,वृद्ववृृद्धाहरु गरि चार सय एक जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढीकी अध्यक्ष एकता बोहराले टिकापुर अस्पतालका डा.रेमकुमार राई र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीका प्रहरी नायव उपरीक्षक डा.सबिता सिंहलाई शिबिरमा योगदान गरे बाफत प्रशंसा पत्र समेत प्रदान गरेकि थिइन्।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा लगायत नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढीका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको थियो। Open photo

कमेन्ट लोड गर्नुस