सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० असार १३, १२:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बुधवार बिहान जिल्लाको शुक्लाफाटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा भएको मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर उनी घाईते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस