सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सुनसहित महिला सम्पर्क विहिन 

२०८० असार १३, ०८:१९ खबर संवाददाता

बैतडी: बैतडीमा सुनसहित एक महिला सम्पर्क विहिन भएकी छिन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिनदेखि सम्पर्क विहिन भएकी हुन्।

बुहारी १० गते रातिदेखि सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर धानुकले बताए। डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएको उनले उनले जानकारी दिए। राति खाना खाएर सुतेकी बुहारी  विहान नभेटिएको उनको भनाई छ। माइति घरमा जानकारी गर्दापनि नआएको खबर प्राप्त भएको उनले बताए।

छोरा भारत भएका बेला बुहारी सुनसहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनको दुखेसो छ। खोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेनसमेत दिएको उनले बताए। कसैले देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क गरिदिन अनुरोध गरे।

कमेन्ट लोड गर्नुस