सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० असार १२, ०४:३० खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो टीकापुर नगरपालिका–१ बनगाँउबाट लागुऔषधसहित एक जना पक्राउ परेका हुन्। टीकापुर नगरपालिका–३ शंकरपुरका ३० वर्षीय देबेन्द्रबहादुर शाही १७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस