सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरबाट भन्सार छलीका कुखुरासहित एक जना पक्राउ

२०८० असार १२, ०१:२८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुरबाट भन्सार छलीका कुखुरासहित एक जना पक्राउ परेका छन्।

सोमबार राति कृष्णपुर नगरपालिका–६ बसन्त टोलबाट एक लाख दुई हजार मुल्य बराबरका अबैध कुखुरासहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको बैलौरी नगरपालिका–५ का ३४ वर्षीय जोगराज चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प. ६९०७ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएका कुखुरा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले भन्सार छलीका कुखुरासहित चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस