सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ, धनगढीबाट ५ किलोग्राम चरेस बरामद

२०८० असार १२, ०१:१७ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

सोमबार राति टीकापुर नगरपालिका–२ बाट टीकापुर नगरपालिका–५ का २० वर्षीया विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। एक ग्राम ३७० मिलीग्राम लागुओषधसहित ईलाका प्रहरी कार्यालय टीकापुरले दुबै जनालाई पक्राउ परेको हो।

त्यस्तै सोमबार साँझ धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा कपडाभित्र बेरेर पोको पारी राखेको अवस्थामा ५ किलोग्राम चरेस फेला पारेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल बिओपी डिपोबजारबाट खटिएको गस्ती टोलीले चरेस फेला पारेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस