सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

२०८० असार १२, ०१:०२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक दुई वर्षीय बालकको मृत्यु भएको छ।

सोमबार साँझ बैतडी घर भइ हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको करेन्ट लागेर मृत्यु भएको हो।

घरमा टीभीको लाइन जोड्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका बालकको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस