सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक १८ वर्षीय किशोरको मृत्यु

२०८० असार १२, १२:५५ खबर संवाददाता

धनगढीः कैलालीमा एक १८ वर्षीय किशोरको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको बेहोस भएर उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ।

गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेलिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए। उनको उपचारकै क्रममा सोमबार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस