सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु

२०८० असार १२, १२:४६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–१० मा रांगा डलबसँग मोटरसाइकल ठोक्किएर घाइते भएका मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडी सवार २७ वर्षीय बिजेन्द्र चौधरीको उपचारको क्रममा मृत्यु भएको हो। सोमबार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पुर्वपश्चिम राजमार्गमा पुर्वबाटपश्चिम तर्फ जादै गरेको मोटरसाइकल रांगा डलबसँग ठोक्किन पुगेको थियो। 

से.५प ७५७८ नम्बरको मोटरसाइकल विपरीतदिशाबाट आउदै गरेको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय कलेसु चौधरीले चलाएको रांगा डलबमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक राजबंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही स्थानका बिजेन्द्र चौधरीको समेत उपचारको क्रममा सोमबार राति मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस