सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिसेन्ट सिटी स्कुलका सुदिप बने “प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा” 

२०८० असार १२, ११:१२ खबर संवाददाता

धनगढीः  धनगढीको क्रिसेन्ट सिटी स्कुलका सुदिप भुल “प्रदेश स्वास्थ्य प्रवर्धन तारा” को उपाधि उचाल्न सफल भएका छन्।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरले आयोजना गरेको “प्रदेश किशोर÷  किशोरी स्वास्थ्य प्रवर्धन तारा”छनौट कार्यक्रम अन्तर्गत “नसर्ने रोग र लागु औषध नियन्त्रणमा म सधैँ एक कदम अगाडी” भन्ने मूल नारा सहितको प्रदेश स्तरीय खुल्ला बहस तथा निबन्ध प्रतियोगिता सञ्चालन भएको थियो।

उक्त प्रतियोगिताबाट क्रिसेन्ट सिटी स्कुलमा कानुन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत सुदिप किशोर तर्फ “प्रदेश किशोर स्वास्थ्य प्रवर्धन तारा” विजेता भएका छन्। सुदिपले प्रमाण पत्र सहित नगद पचास हजार उपहार पाएका छन्।
 

कमेन्ट लोड गर्नुस