सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक जना मृत भेटिए

२०८० असार १२, १०:४५ खबर संवाददाता

धनगढीः  दार्चुला एक जना चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–१ रङरङेका  ५२ वर्षिय मानबहादुर बम चार दिनपछि मृत अवस्थामा फेला परेका हुन्। गत ८ गते सदरमुकाम खलंगा जान भनेर हिडेका बम सोहि दिनदेखि सम्पर्कबिहीन थिए। उनलाई  हिजो साझ ६ः३० बजे नौगाड –२ खलपुजा धारमा बाटोबाट करिब ६०÷७० मिटर तल मृत अवस्थामा फेला पारेको मृतकका भाई लालबहादुर बमले बताए।

बमलाई मृत फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए। तत्काल घटनास्थललाई सुरक्षित गरिएको र आज बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस