सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीनतारे होटल किनेर पैसा नतिरेपछि व्यवसायी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी 

२०८० असार १२, १०:०७ खबर संवाददाता

धनगढीः पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए।352983004_220824924111064_3078117493079335249_n1687266782.jpg

355440099_1193713991322702_6831484269898876308_n1687266812.jpg

 २०७९ चैत ५ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण देखिएकाले संहिताको दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो। कैलाली प्रहरीले पनि सोही दिन जिल्ला प्रहरी परिसर अपराध अनुन्धान शाखा काठमाडौंलाई पत्र पठाएर पक्राउ गरी दाखिला गरिदिन अनुरोध गरेको थियो।

श्रेष्ठविरुद्ध बैंकिङ कसुर मुद्दा अनुसन्धान अगाडि बढाइएको छ। यद्यपि, हालसम्म श्रेष्ठलाई प्रहरीले पक्राउ भने गरेको छैन।

355528534_658316675657134_4349693961841631023_n1687266888.jpg

355063386_570764858562064_769744525473243532_n1687266960.jpg

355450719_827331818362072_7594023437363001948_n1687266993.jpg

355574515_1271272553510623_3112209279767815660_n1687267044.jpg

कमेन्ट लोड गर्नुस