सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २४ हजार मुल्य बराबरका अवैध माछा बरामद

२०८० असार १२, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ।

जिल्लाको भिमदत्त नगरपालिका–११ चौकीसत्तामा अन्दाजि २४ हजार मुल्य बराबरको ८० किलोग्राम माछा  प्रहरीले बरामद गरेको हो। ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले बेवरिसे अवस्थामा माछा फेला पारी नियन्त्रणमा लिएको हो।

आवश्यक कार्वाहीको लागि प्रहरीले माछा पशु क्वारेनटाइन कार्यालय गड्डाचौकीमा पठाईएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस