धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १ ग्राम ७ मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २५ वर्षीय गोबिन्द राना पक्राउ परेका छन्।



