सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका ब्रोइलर कुखुरा बरामद

२०८० असार ११, ०४:०२ खबर संवाददाता

धनगढीः  कञ्चनपुरमा  भन्सार छलीका ब्रोईलर कुखुरा बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैध रुपमा भंन्सार छलि ल्याएका भारतीय नं. प्लेटको युपी ३१ एपी ८६३८ नम्बरको मोटरसाईकलसहित ब्रोईलर कखुरा प्रहरीले बरामद गरेको हो।

अनुमानित ४० हजार बराबरको मोटरसाईकल ,२४ हजार बराबरको १२० किलोग्राम बोईलर कुखुरा बेवारीसे अवस्थामा प्रहरीले फेला पारेको हो। ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकल र बोईलर कुखुरा नियन्त्रणमा लिएको हो।

बोईलर कुखुरा स्थानिय जनप्रतिनिधि, स्थानिय संचारकर्मी, स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरिएको छ।
 

कमेन्ट लोड गर्नुस