सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्तमान सरकार जनता विरोधीः सभापति देउवा

२०७६ वैशाख ४, ०६:५८ खबर संवाददाता

पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन लम्की–टीकापुर शाखा कैलालीले बुधबार टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कुखुराको अण्डामा समेत सरकारले ढाड सेक्ने गरी कर लगाएको बताए।

नेकपाको सरकार गठन भए संगै देशका बिभिन्न ठाउमा हत्या, हिंसा तथा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएका बताउदै सभापति देउवाले आउदो चुनावमा जनताले देखाई दिने चतावनी दिए। 
 

कमेन्ट लोड गर्नुस