सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमशिखर सहकारी धनगढीको नयाँ भवन उद्धघाटन

२०७६ वैशाख ४, ०६:४८ खबर संवाददाता

हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी आफ्नै भवनमा सरेको छ। बुधबार एक कार्यक्रमका विच सहकारीको नयाँ भवन उद्धघाटन गरिएको छ। संस्थाका अध्यक्ष दुर्गा प्रशाद भण्डारी अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य लेखराज भट्ट रहेका थिए। यस्तै कार्याक्रममा सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र नेकपाका प्रमुख सचेतक तारालामा तामाङको पनि सहभागिता रहेको थियो। नयाँ भवनको उद्धघाटन भएपछि आज देखि नै सोही कार्यालय बाट सेवा दिन पनि सुरु गरिएको सहकारीले जनाएको छ। उक्त भवन १८ करोड ७६ लाखमा निर्माण भएको हो। 
 

कमेन्ट लोड गर्नुस