जसपाको आज समूहगत छलफल हुने
काठमाडौंः जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सोमवार पनि जारी रहेको छ। सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान माथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुँदैछ।
आइतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो। बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन्।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ।