सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए सुदूरपश्चिम स्पोर्टस अवाडलाईः गुरुजी सटिङ सुटिङको साथ 

२०८० असार १०, ०६:०७ खबर संवाददाता

धनगढीः  ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको गुरुजी सटिङ सुटिङले साथ दिएको छ।

असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा गुरुजी सटिङ सुटिङले साथ दिएको हो। गुरुजी सटिङ सुटिङका प्रबन्ध निर्देशक सतिश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

गुरुजी सटिङ सुटिङका प्रबन्ध निर्देशक जोशीले व्यवसाय सुरुवातदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुद क्षेत्रलाई सहयोग गरेर साथ दिदैं आएकोमा अवार्डसँग पनि जोडिएको बताए। उनले विगतदेखि नै समाजमा हुने हरेक कार्यहरुमा सहभागीता जनाउँदै आएकोमा आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक गरेको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, वर्षको उत्कष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा परेकी छिन्। वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन्। वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन्। सुदुरपश्चिम आईकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन्।

यस्तै सुदुरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन्। ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ। लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो। चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

कमेन्ट लोड गर्नुस