सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकाले ल्यायो ८२ करोड १७ लाखको बजेट 

२०८० असार १०, ०४:१८ खबर संवाददाता

धनगढीः  बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ। उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरेकी हुन्।

नगरपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, स्वाथ्य, सुशासन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता अजबहादुर पाण्डेले बताए।
 

कमेन्ट लोड गर्नुस