सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्यान्सर रोगको स्वास्थ्य शिविर सञ्चालन

२०८० असार १०, ११:५७ खबर संवाददाता

धनगढीः धनगढीमा क्यान्सर रोगका बिरामीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नमबर १९ फूलबारी स्वास्थ्य चौकीमा शनिवार शिविर सञ्चालन गरिएको हो। 

सुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा धनगढी उपमहानगरपालिकाले क्यान्सर शिविरको आयोजना गरेको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रखुम गोपाल हमालको सचिवालयका अनुसार एक सय ३३ जनाले शिविरबाट सेवा लिएका छन्। उनीहरु मध्येमा आठ जना क्यान्सर रोगको शंकास्पद भेटिएका छन्। एक जनामा फोक्सोको क्यान्सर, पाँच जनामा स्तन क्यान्सर र दुई जनामा पेटको क्यान्सर रहेको अनुमान गरिएको छ।

उनीहरुलाई थप परिक्षणका लागि आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस