सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन महिनाभित्र उपचुनाव गराउछौँ : थपलिया

। फोटो स्रोत ।
२०७६ वैशाख ४, ०४:५० खबर संवाददाता

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन्। बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए। संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरमा समेत उपचुनाव हुन सकेको छैन।

थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई र्पुयाउने कार्ययोजना समेत पेश गरेका छन्। उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस