सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सय ६७ रनमा समेटीयो नेपाल

२०८० असार ९, ०४:१८ खबर संवाददाता

आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७रनमै अलआउट भएको छ।

जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ६७ रनमा समेटिएको हो। खराब ब्याटिङबाट गुज्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान गरे। सन्दीप लामिछानेल र कुशल भुर्तेलले समान २७÷२७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६ रनमा आउट हुँदा करण केसी एक रन र आसिफ शेख शून्यमा पेभिलियन फर्किए।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्ड्सका भान बिकले सर्वाधिक ४, डि लिड र विक्रमजित सिंहले २÷२ तथा क्लेटन फ्लोएडले एक विकेट लिए। समूह ‘ए’ को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ। १ सय ६८ रनको विजयी लक्ष्यसहित नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

नेदरल्याण्ड्स दुई खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ। आजको खेल जिते नेपाल तेस्रो स्थानमा उक्लिेनछ । तर नेदरल्याण्ड्सले आफ्नो अन्तिम खेल जिते तेस्रो टोलीको टुंगो नेट रनरेटको आधारमा लाग्नेछ। विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग  ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।
 

कमेन्ट लोड गर्नुस