सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना जंगलमा मृत फेला

२०८० असार ९, ०१:४५ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन्। शुक्रबार विहान जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन्।

शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पुर्णीमा सामुदायिक वनमा गएका थिए।

भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पुर्णीमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस