सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब वीर अस्पतालका ७ सय बेड बिरामीका लागि निःशुल्क

२०८० असार ८, ०६:३५ खबर संवाददाता

काठमाडौंः वीर अस्पतालका ७ सय जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन्। सरकारले आजदेखि लागु हुने गरी वीर अस्पतालका ७ सय जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले सो निर्णय गरिएको जनाएको छ। यसअघि, प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डाक्टर भुपेन्द्र बस्नेतले बताए।

अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ। ७ सय बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डाक्टर बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस