सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको आगामी बजेट एक अर्ब २२ करोड

२०८० असार ८, ०२:४६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट सार्वजनिक गरेको हो। शुक्रबार दशौं नगरसभाबाट आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरिएको छ।

चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगततर्फ ४६ करोड ६६ लाख ८ हजार गरी कुल एक अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान छ। 

त्यस्तै संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने गरी आगामी बजेट सार्वजनिक गरिएको हो।

कमेन्ट लोड गर्नुस