कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०८० असार ८, १२:४६
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१८ सालघारीबाट एक किशोरसहित दुई जना पक्राउ परेका हुन्। ५ ग्राम ९९ मिलिग्राम लागुओषधसहित विहिबार राति प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।




कमेन्ट लोड गर्नुस