सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारमा रोकिएका पोल्ट्री व्यवसायीका गाडी छोड्न उच्च अदालतको आदेश

२०७६ वैशाख ४, ०४:०५ नवराज पनेरु

आयातमा रोक लगाउँदै कैलाली भन्सारमा रोकिएका कच्चा पदार्थ बोकेका गाडी तत्काल छोड्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ। उच्च अदालत दिपायलको ईजलास महेन्द्रनगरले दाना उद्योगीहरुका गाडीहरु तत्काल छोडन आदेश दिएको हो। पशु क्वारेन्टाइन चेकपोस्ट धनगढीले कच्चा पदार्र्थ ल्याउँदा भारतको स्वस्थताको प्रमाणपत्र माग्दै १६ वटा कच्चा पदार्थ बोकेका ट्रकहरु भन्सारमा रोकेको थियो।

क्वारेन्टाइनको उक्त निर्णय विरुद्ध सुदूरपश्चिमका पोल्ट्री व्यसायीहरुले उच्च अदालतमा रिट हालेका थिए। डल्फीन आधनुनिक दाना उद्योग, नविन दाना उद्योग, वेष्टन फिड इन्ड्रष्टिज र विवेक फिड इन्ड्रष्टिजले क्वारेन्टाइन विरुद्ध रिट हालेका थिए। रिटमा आज उच्च अदालतका न्यायधिस धिरवहादुर चन्दको एकल ईजलासले कच्चा पदार्थ बोकेका १६ वटै गाडीहरु तत्काल छोड्न अन्तरिम आदेश दिएको हो। उद्योगीहरुको तर्फबाट बहस गरेका अधिवक्ता प्रयाज्ञदत्त भट्टका अनुसार क्वारेनटाईनले लगाएको कच्चा पदार्थमा रोक कानुन अनुसार नभएकाले छोडन आदेश दिईएको हो। सवै उद्योगीहरुले भारतबाट कच्चा पदार्थ ल्याउने अनुमती पनि लिईसकेको र आवश्यक कागजपत्र पनि बुझाईसकेकाले क्वारेन्टाइनलाई तत्काल गाडी छोडन आदेश दिईएको हो। 

झण्डै २ सातादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको थियो। सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा पर्ने खतरा थियो। पशु क्वारेन्टाइन चेकपोस्टले २० बर्ष सम्म लागु नभएको नियम सुदूरपश्चिमका व्यवसायीहरुका लागि मात्रै लागु गरेर भारतको स्वस्थताको प्रमाणपत्र मागेको थियो। तर अन्य प्रदेशका नाकाहरुबाट भने निर्वाध रुपमा कच्चा पदार्थ आयात भईरहेको थियो। दाना उद्योगीहरुले भारतबाट कच्च पदार्थ ल्याउदा भारतको स्वस्थताको प्रमाणपत्र ल्याउन परे निकै समस्या हुने बताउँदै आएका छन्। त्यस्का लागि दिल्ली जानुपर्ने हुन्छ भने एउटा गाडीको स्वस्थताको प्रमाणपत्र बनाउन मात्रै कम्तिमा १५ दिन लाग्ने गरेको छ। 

कुखुरा व्यवसायका लागि झण्डै ८० प्रतिशत दानाहरु भरतबाट आयत हुँदै आएको छ। सुदूरपश्चिममा मात्रै साप्ताहिक रुपमा झण्डै २ लाख कुखुरा खरिद हुन्छ भने दैनिक डेढ लाख अण्डा खरिद हुँदै आएको छ। सुदूरपश्चिम पोल्ट्री व्यवसायमा मात्रै झण्डै ५ अर्व लगानी छ भने कुखुरामा लगभग प्रदेश आत्मनिर्भर छ।

यो पनि पढ्नुहोस

सुदूरपश्चिममा पोल्ट्री व्यवसायीको ५ अर्व लगानी डुब्ने खतरा

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस