सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १ लाखबढीका भन्सार छलिका सामान फेला

२०८० असार ८, ०९:०७ खबर संवाददाता

धनगढीः धनगढीमा १ लाखबढीका भन्सार छलिका सामान फेला परेको छ। धनगढी उपमहानगर–२ ट्राफिक चोकमा भन्सार छलिका १ लाख ६ हजार बराबरको टेन्टको समान, फ्यान ठुलो, हाडवेयर, झिलमिला लाईट, लाईट रोल, लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारेको हो।

यस्तै ट्राफिक चोकबाटै भन्सार छलिका अन्दाजी १३ हजार मुल्य बराबरको सुपरपावर, विडी, कट्टु लगयातका सामानहरु वेवारिसेअवस्थामा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उक्त सामान बिहीवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस