सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरो खस्दा बिहानैदेखि महाकाली राजमार्ग अवरुद्व

२०८० असार ८, ०८:४९ खबर संवाददाता

दार्चुला: दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्व भएको छ। वर्षाका कारण हिलोसहितको पहिरो खस्दा राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–८ स्थित असिगाडामा सडक अवरुद्ध भएको हो।

गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस