कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
भीमदत्तन नगरपालिका–१८ सालघारी घरभएका टेक राज चटौतको घरमा डेरा गरी बस्ने १८ वर्षीय अभिषेक सोनाम र २४ वर्षीय प्रशान्त कुँवरलाइ बिहीवार पक्राउ गरिएको हो। कुँवरको कोठामा संकालागि चेकजाँच गर्दा ५.९९ ग्राम खैरोहिरोइन फेला पारेको प्रहरीले बताएको छ। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
