सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधसहित धनगढी र गोदावरीका युवा पक्राउ 

२०८० असार ८, ०८:१५ खबर संवाददाता

धनगढीः लागुऔषधसहित धनगढी र गोदावरीका युवा पक्राउ परेका छन्। अत्तरियाबाट गोदावरीतर्फ जादै गरेको धनगढी उपमहानगरपलिका–३ का २० वर्षीय आशिष भण्डारी र २३ वर्षीय राजेन्द्र बोहरालाइ पक्राउ गरिएको छ।

भण्डारीले चलाएको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा पछाडी सवार बोहराको साथबाट २६० मिलीग्राम लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई अस्थाई प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपलिका–३ त्रिनगर ब्यारेलबाट गोदावरीका एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ का १९ वर्षीय योगेन्द्रबहादुर देउवालाई शंकालगि चेकजाच गर्दा २ ग्राम ७६० मिलिग्राम लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी कर्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा देउवालाइ नियन्त्रणमा लिएको हो।  

कमेन्ट लोड गर्नुस