सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखामा जन्ति बस दुर्घटना, ६ जनाको मृत्यु, १२ जना घाइते

२०८० असार ८, ०६:०८ खबर संवाददाता

गोरखा: गोरखामा गएराति जन्ति बस दुर्घटना भएके छ। शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

घटनास्थल मनकामनानजिकै पर्दछ। उनका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन। प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ। २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ।

रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलमा खटिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ। 

कमेन्ट लोड गर्नुस