सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँधी र वर्षाबाट पाकिस्तानमा २५ जनाको ज्यान गयो

। फोटो स्रोत ।
२०७६ वैशाख ४, ०४:०२ खबर संवाददाता

पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरीले ठूलो जनधनको नोक्सान भएको स्थानीय सरकारले जनाएका छन्। 

समाचारपत्र डनका अनुसार देशका पश्चिमी, मध्य एवं पूर्वी क्षेत्रमा केही दिनदेखि वर्षा भइरहेको छ। यसबाट कैयौं ठाउँमा भूस्स्खलन र बाढी आएको छ। विभिन्न ठाउँमा सडक बिग्रिएका छन्। पञ्जाब प्रान्तमा आँधीबाट कैयौं भवन लडेका छन्। भवन भत्कँदा ९ जनाको मृत्यु भएको प्रान्तीय सरकारले जनाएको छ।

खैबर पख्तनूख्वा प्रान्तको चित्राल उपत्यकामा घरको छत खस्दा एक महिला र दुई पुरुषको ज्यान गएको छ। यसैगरी बलुचिस्तानमा एक बालकसमेत ९ जनाको बाढीले बगाउँदा मृत्यु भएको छ। बलुचिस्तानमा संकटकाल घोषणा गरिएको छ।

एक्सप्रेस ट्रिब्यूनका अनुसार क्वेटा, ग्वादर, चगई, हरनाई, दुकी, जेवानी, जाफराबाद, कोहलु, सिबी, बरखान, चमन र बलूचिस्तान जिल्लामा बाढीले सडक बगाउँदा यातायात सम्पर्क विच्छेद भएको छ। उद्धारकर्ताका अनुसार कराचीमा आँधीबाट ४ जनाको ज्यान गएको छ। समुद्रीतटमा माछा मार्न गएका ४ जनाम माझी बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। 

यस्तै अफगानिस्तानको हेरातमा भारी वर्षापछि आएको बाढीबाट कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएका छन्। बाढीले पचासभन्दा बढी घर बगाएको बताइएको छ। काबुल नदीमा आएको बाढीमा परी एक व्यक्तिको मृत्यु भएको छ। सरकारले उक्त इलाकामा सजग रहन सूचना जारी गरेको थियो।

विपत्तिको उद्धार कार्य जारी छ। एक सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानका लगिएका प्रवक्ताले बताएका छन्। हालसम्म बाढीका कारण ४ हजार घर ध्वस्त भएका र ५ हजार घर क्षतिग्रस्त भएका बताइएको छ।

कमेन्ट लोड गर्नुस