सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हतौडा प्रहार गरी श्रीमतीको हत्या

२०७६ चैत्र ९, ०६:५१ खबर संवाददाता

कैलाली: कैलालीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीय श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन्।

शनिबार दिउँसो एक बजेको समयमा भक्तवहादुरले घरमा कोही नभएको समयमा हतौडाले टाउको प्रहार गरी धारुलाई गम्भिर घाइते बनाएका थिए। उनको कोहलपुर अस्पतालमा उपचार भईरहेकोमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस