सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो

२०७५ वैशाख २४, ०२:०१

खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो । प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ । तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन् । शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन् । 

के पाइन्छ केरामा ?
केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो । केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ । केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ ।

हड्डी मजबुत पार्छ । यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन । लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ । यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ । साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ । यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ । केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।
स्वाथ्य खबरपत्रिका बाट साभार
 

कमेन्ट लोड गर्नुस