७ नम्वर प्रदेशमा स्वच्छ र स्वस्थ अभियान सुरु
७ नम्वर प्रदेश सरकारका मूख्यमन्त्री त्रिलोचन भट्टले धनगढी बजार सरफाई गर्दै प्रदेश स्वच्छ र स्वस्थ अभियानको सुरुवात गरेका छन ।
प्रदेश सरकारले प्रदेश स्वच्छ र स्वस्थ अभियान मुख्यमन्त्री भट्टले आफै झाडु लगाएर सुरु गरेका हुन ।
समाजिक विकास मन्त्रालयको आयोजनामा स्वच्छ र स्वस्थ प्रदेश अभियान अन्तरगत सरकारका मन्त्री तथा प्रदेशवासीहरुले बजार सफाई गरेका हुन ।
बजार सरसफाई तथा योग शिविरमा आन्तरिक मामिला मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपड बोहरा, समाजिक बिकास मन्त्री दिर्घ सोडारीको पनि सहभागीता रहेको थियो ।