चलचित्र संघसँग दोहोरो कर नलिन माग

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारसमेत कर असुली गर्न थालेपछि दोहोरो कर हटाउन सरकारसँग माग गरेका छन् ।
आइतबार ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, राजस्व लगायतका प्रावधान’ अन्तरक्रिया कार्यक्रममा उनले त्रुटीपूर्ण बक्स अफिसमा समावेश गरिएको खर्च विवरण खरिद बिक्री खाताबाट सच्याउने व्यवस्था गर्न पनि माग गरेका छन् ।
भूलवस इन्ट्री गरिएको खर्च सच्याउन नपाउँदा चलचित्र व्यवसायी मारमा परेको अध्यक्ष अधिकारीको भनाई छ । संघले दुर्गम क्षेत्रमा छायाँकन हुँदा भएको खर्चलार्इ पनि ध्यान दिनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएको छन् ।
संघका अनुसार नेपालमा हाल वार्षिक ९० देखि एक सय २५ वटा चलचित्र निर्माण हुने गरेको छ । दुर्गम क्षेत्रमा गरिएको छायाँकनको खर्च समावेश नगरी कर तिर्नु पर्ने प्रावधानले चलचित्र उद्योग घाटामा गएकाे उनले जानकारी गराए ।
