करिश्मा वेब सिरिजमा
सैफअली खानदेखि राजकुमार रावसम्मले वेब सिरिजमा अभिनय गरिसकेका छन् ।
पछिल्लो समय वेब सिरिजको संसार फैलिरहेको छ । यसमा खेलेवापत कलाकारहरूले पारिश्रमिक पनि राम्रै पाइरहेका छन् ।
भारतीय मिडियाका अनुसार लामो समयदेखि अभिनयदेखि टाढा रहेकी अभिनेत्री करिश्मा कपुुर अब वेब सिरिजमार्फत अभिनयमा फेरि पाइला राख्दै छिन् ।
खबरअनुसार करिश्मा कपुरले एकता कपुरको एक वेब सिरिजमा साइन गरेकी छिन् । स्क्रिप्ट र मिति तय भइसकेको भए पनि सार्वजनिक नगरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।चाँडै यसको घोषणा हुने बताइएको छ ।
करिश्मा अन्तिमपटक सन् २०१२ मा फिल्म ‘डेन्जरस इस्क’मा देखिएकी थिइन् । उक्त फिल्म फ्लप भएको थियो ।