सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ नम्वर प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास (भिडियो रिर्पोट सहित)

अन्तराष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा सुरु

२०७५ वैशाख २८, ०९:४५

पर्यटन प्रवद्र्धनका लागि साहित्य र कला भन्ने मूल  नाराका साथ आजदेखि अन्तराष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन सुरु भएको छ । प्रदेश ७ कै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडलाई अन्तराष्ट्रिय जगतमा चिनाउन तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि भन्दै पहिलो पटक अन्तराष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा सुरु गरिएको हो । प्रदेश ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र गोदावरी साहित्य तथा संस्कृति प्रतिष्ठानको अयोजनमा सुरु भएको पदयात्रा तथा काव्य सम्मेलनको  मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । प्रसिद्ध गोदावरी धामबाट सुरु भएको अन्तराष्ट्रिय पदयात्राले प्रदेश ७ को धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टले शुत्रबार प्रसिद्ध गोदावरी धाममा आयोजना गरिएको अन्तराष्ट्रिय खप्तड पदयात्रा तथा काब्य सम्मेलनको स्वागत÷शुभारम्भ एव्म विदाई समारोहमा खप्तड पदयात्रीहरुलाई नेपालको झन्डा प्रदान गर्दै  पदयात्रा शुभारम्भ भएको घोषणा गरे । उनले गोदावरी साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीलाई चन्द्र अंकित झन्डा प्रदान गर्दै खप्तड पदयात्रामा सहभागी नेपाल सहित भारतका पदयात्रीलाई सफल यात्राको कामना गरे । पहिलो पटक सुरु भएको अन्तराष्ट्रिय सांस्कृतिक खप्तड पदयात्राले  धार्मिक पर्यापर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र उद्योग, पर्यटन, वन तथा  वातावरण मन्त्री माया भट्टले यो प्रदेशको समृद्धि हुने वताए । 

पदयात्रामा भारतका जगतगुरु शंकराचार्य त्रिकाल दर्शी, गौरीशंकर महराज, सुरेशानन्द महराज लगायतका शन्तमहन्त, साहित्यकार, कवि, पत्रकार  सहितका  ७० जना र नेपाली साहित्यकार, पत्रकार र कवि गरेर झन्डै १ सय ५० जनाको सहभागिता रहेको छ । गोदावरी साहित्य तथा संस्कृति प्रतिष्ठानका संयोजक एव्म पदयात्राका नेतृत्वकर्ता पदमराज जोशीले प्रदेश ७ को आर्थिक मेरुदण्डको रुपमा रहेको धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावनालाइ यथार्थमा रुपान्तरण गर्नु पदयात्राको मुख्य उद्देश्य रहेको बताए । अन्तराष्ट्रिय खप्तड पदयात्रामा सहभागी भई खप्तड सहित प्रदेश ७ का अन्य धार्मिक तथा पर्यटकीय स्थलको  भ्रमण गर्ने मौका जुरेपछि भारतका विभिन्न स्थानबाट आएका पर्यटक समेत खुशी भएका छन् । लामो समयदेखि खप्तडको चर्चा सुनेर पदयात्रामा सहभागी  भएपछि भारतीयहरु पनि खुशी भएका छन । प्रदेश ७ बासीहरुले पनि पर्यटन प्रवद्र्धनका लागि सुरु गरिएको अन्तराष्ट्रिय सांस्कृतिक पदयात्राले धार्मिक पर्यापर्टनमा टेवा पुग्ने भन्दै खुशी व्यक्त गरेका छन् । 
पदयात्रा अन्र्तगत बैशाख २९ गते खप्तडका विभिन्न प्रवेशद्धारबाट र्¥याली गरिने छ भने जेठ १ गते औंशीका दिन खप्तड त्रिवेणी महास्नान खेचरनाथ दर्शन अनष्स्ठानको शुभारम्भ हुने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक दिन योग शिविर, अन्तर्रा्ष्ट्रिय काव्य सम्मेलनको आयोजना र जेठ २ गते समापन गरिने छ भने १० गते गंगादशहराको स्नानसहित अनुष्ठानको पूर्णाहुति गरिने छ । 
 

कमेन्ट लोड गर्नुस