सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ वर्षसम्म एक किसानले पनि गरेनन् वाली विमा

२०७४ फाल्गुन २३, ०५:१९

सरकारले २०६९ माघ १ गतेदेखि पशु र वाली विमा लागु गरेको भएपनि बाजुरा र बझाङ जिल्लामा एक जना किसानले पनि विमा गरेका छैनन् । विमा कार्यक्रम लागु भएको ५ बर्ष भईसक्दा पनि दुवै जिल्लाका एक जना किसानले पनि विमा नगरेका हुन् ।

खडेरी, असिना लगायतका कारणले वाली नोक्सानी भएपछि किसानहरुले बिमा बाफत क्षतिपुर्ति पाउने व्यवस्था भएपनि किसानहरुले अहिलेसम्म विमा गरेका छैनन् ।

जिल्ला कृर्षि विकास कार्यलय बझाङ्गले त वाली विमाका लागि ४ जना अभिकर्तालाई तालिम दिएर गाँउमा पठाएको छ तर अहिलेसम्म एक जना किसानले पनि वाली विमा गरेका छैनन् ।

कृषि विकास कार्यलयका प्रमुख राजकुमार केसीका अनुसार किसानहरु विमा गर्न नमान्ने र प्रारम्भिक मुल्यमा आधाराती विमा कार्यक्रम भएकाले किसानहरुले विमा गर्न नमानेका हुन् ।

पटक पटक विभिन्न कार्यक्रममा र स्थानीय निकायमा विमा गर्नुपर्छ भनेपनि बझाङ्गका किसानहरुले विमा नगर्ने गरेको उनले वताए ।

कमेन्ट लोड गर्नुस