सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको चासी गाँउ शोकमा

२०७५ असार २१, १२:५१

डोटीको आदर्श गाँउपालिका १ चासीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएपछि यतिबेला उक्त गाँउ शोकमा छ। मृत्यु भएका युवाहरु सवै ३० बर्ष मुनिका छन। पोल उखेल्न गएका चारै जनाको एउटै चिहान भएपनि उनीहरुको परिवारमा मात्रै होइन सिङगो डोटी जिल्ला नै शोकमग्न भएको छ। विद्युत प्राधिकरणको लापरबाहीका कारण एउटै गाँउका ४ जना युवाले ज्यान गुमाउन परेको उनीहरुको आरोप छ। तार नभएको पोल उखेल्न लाग्दा नजिकै रहेको १ सय ३२ केभिको प्रशारण लाईनको करेन्टले छोएपछि एकै गाँउका चार जनाले ज्यान गुमाउन परेको हो।

मृत्यु हुनेमा सबै युवाहरु छन। गाँउका ४ जना युवाको एकै पटक करेन्ट लागेर मृत्यु भएपछि गाँउ शोकमा भएको मृतकका आफ्न्त गणेश खड्काले बताए। स–साना बालबालीकाहरुलाई पालनपोषणमा समस्या हुन उनको दुखेसो थियो। एउटै गाँउका ४ जना युवाको मृत्यु भयो, गाँउ शोकमा छ, उनले भने। विद्युत प्राधिकरणका फिल्ड अधिकृत पदम भट्टको लापरबाहीका कारण युवाहरुले ज्यान गुमाउन प¥यो, उनले भने। मृत्यु हुने जयन्द्र खड्का, लोकेन्द्र खड्का, बिरेन्द्र खड्का र दिपक खड्का उमेर ३० बर्ष मुनिको छ।

जयन्द्रको गाँउमा मिल छ, उनका २ छोरी र श्रीमती छन, बिरेन्द्रको ६ महिनाका छोरी छिन्। लोकेन्द्र प्रहरी जवान हुन। उनी बिदामा गााउ गएका थिए। दिपकका ४÷५ बर्षका १ छोरा र १ छोरी छन। उनिहरुका बाल–बालीकाहरुलाई पालन पोषणमा समस्या हुने आफ्न्तहरु बताउछन। उनिहरु सबैका स–साना छोराछोरी छन्, र परिवारलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी पनि थियो आफ्न्त भरत खड्काले भने। विद्युतको पोल खाली थियो, उखेल्न गएका थिए, उनिहरुलाई ठुलो पावरको करेन्ट लाग्यो र मृत्यु भयो, उनले भने।

उनिहरु सबैका स–साना छोराछोरी छन्, र परिवारलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी पनि थियो भन्दै उनले चिन्ता ब्यक्त गरे। विद्युत प्राधिकरणको लापरबाहीका कारण युवाहरुको ज्यान गएको आरोपको प्राधिकरणले भने खण्डन गरेको छ। स्थानीय आक्रोशमा छन, उनिहरुको भनेको अब हामीले मान्नु पर्छ, विद्युत प्राधिकरण डोटीका फिल्ड अधिकृत पदम भट्टले भने। विद्युत प्राधिकरणले उनिहरुलाई पोल उखेल्न भनेकै छन, उनको दाबि छ।

घटनाका बिषयमा अनुसन्धान हुने डोटी प्रहरीले जनाएको छ। स्थानीय, विद्युत प्राधिकरण, जिल्ला प्रशासन र प्रहरी सहितको टोली गठन गर्ने र अनुसन्धान हुने डोटीका प्रहरी डिएसपी) प्रवक्ता लालबहादुर धामीले बताए। क्षेतीपुर्ती दिने बिषयमा सहमती भएको छ घटनाको बिषयमा अनुसन्धान हुन्छ, प्रवक्ता धामीले बताए।

मृतकका परिवाारलाई ५ लाख विद्युत प्राधिकरण र १ लाख जिल्ला प्रशासन कार्यालयबाट राहात दिने जिल्ला प्रशासन कार्यालय डोटीले बताएको छ। मृतकका सन्तानलाई रोजगारको व्यवस्था समेत हुने सहमती भएको छ। यस्तै आदर्श गाँउपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले समेत राहातका बिषयमा छलफल गर्ने आस्वासन दिएका छन। उनले भने, घटना दुःख दायी छ, गाँउपालिकाले छलफल गरेर, मृतकका आफन्तलाई केही राहत दिन्छौ। 

फोटो साभारः तेज डुम्रेलको फेसबुक बाट

कमेन्ट लोड गर्नुस