सुदूर नेपाललाई विश्वसँग जोड्दै

११ सय ग्राम यार्सागुम्बा सहित एक जना पक्राउ

२०७५ असार ३, ०९:३५

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ११ सय ग्राम यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको छ। दुुहु गाउँपालिका  ३ राताकाठा क्षेत्रमा बाट १ किलो १ सय २० ग्रामसहित गगनसिह महरा लाई पक्राउ गरेको हो। स्थानीयबाट खरिद गरेर सदरमुकाम खलंगा ल्याउने क्रममा प्रहरीले यार्सागुम्बासहित व्यापारीलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय  दार्चुलाले जनाएको छ। पक्राउ परेको यार्सागुम्बा र व्यापारीलाई कार्वा्हिको  लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले आवश्यक अनुसन्धान गरेर कार्वा्हि प्रकृया अघि बढाउने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस