सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहमा चहलपहल बढ्दो 

२०७५ वैशाख ५, ०६:४२

राज्यको पुर्नसंरचना भएसँगै अछामका स्थानीय तहमा मानिसको चहलपहल बढ्न थालेको छ । बिगतका बर्षहरुमा प्राय सुनसान जस्तै देखिने गाउँपालिका तथा नगरपालिकाको केन्द्रका बजार क्षेत्रमा यो बर्षबाट मानिसको चहलपहल निकै बढेको हो । जिल्ला सदरमुकाममा अवस्थित बिकासे अड्डाबाट कार्यान्वयन हुने बिकास निर्माणका कामहरुको साथै साविकका गाविसबाट कार्यान्वयन हुने योजनाको समेत सम्झौता तथा रकम भुक्तानीका लागि सदरमुकाम धाउनु पर्ने अवस्था अहिले अन्त्य भएको छ । सदरमुकामबाट कार्यान्वयन हुने काम तथा प्रदान गरिने सेवाहरु प्राय गाउँपालिका तथा नगरपालिकाको केन्द्रबाट नै प्रदान हुन थालेपछि स्थानीयस्तरमा मानिसको चहलपहल बढेको हो । 
 

कमेन्ट लोड गर्नुस