लिफ्टको माध्यमबाट खानेपानि ल्याइदैँ
बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्डमा लिफ्टको माध्यमबाट खानेपानि ल्याईने भएको छ। वडा कार्यालय बाट आर्थिक बर्ष २०७४÷७५ मा १० लाख रुपैया विनियोजन गरि लिफ्ट बाट पानि ल्याउन सुरु गरिएको छ। हाललाई गाँउको तल नरतोली खोला बाट ५ सय मिटर उचाईमा रहेको श्रीखण्डमा पानि पु¥याइएको वडा अध्यक्ष भुवनराज भट्टले बताए। अहिले मुहान बाट पनि ल्याएपनि घरहरुमा धारा नहुदाँ र मोटर सञ्चालनको लागी थ्रीफेज विद्युत लाइन नहुदा पानि सुचारु गर्न ढिलाई भएको उनले बताए। वडा अध्यक्ष भट्टका अुसार चालु आर्थिक बर्षमा थप बजेट विनियोजन गरि श्रीखण्ड गाउँका घरघरमा धारा पु¥याइनेछ। श्रीखण्डमा २ सय घरपरिवार रहेका छन्।