सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिराेले विद्यालयको भवन बगायो

२०७५ भदौ २, ०६:४०

बझाङको तल्कोट गाँउपालिका ३ मा पर्ने विश्वनाथ प्रा.विको निर्माणधिन भवन पहिरोले बगाएको छ । शुक्रबार राती आएको पहिरोले विश्वनाथ प्रा.विको २ कोठे १ तले पक्कि भवन बगाएको हो । तल्कोट गाँउपालिका र वडा नम्बर ३ को झण्डै १० लाखको लागतमा निर्माण गरी सम्पन्न हुन लागेको पक्की भवन रातीको पहिरोले बगाएको तल्कोट गाँउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भरत बहादुर बोहराले बताए । 

यस्तै पहिरोका कारण नजीकै रहेको महिला सामुदायिक भवनमा समेत क्षती पुगेको स्थानीय बासिन्दा विष्नु रोकायाले जानकारी दिए । गाँउपालिकाको सहयोगमा निर्माणधिन अवस्थामा रहेको झण्डै चार लाख बराबरको महिला सामुदायिक भवन समेत पहिरोले बगाएका हो । विद्यालय पहिरोले बगाए पछी स–साना बालबालीकाहरुको पढाई प्रभावित भएको छ । विद्ययालयमा भएका फर्निचरहरु समेत पहिरोले पुरेको स्थानीय बासिन्दा विष्नु रोकायाले बताए । तल्कोट गाँउपाललिका ३ को बष्टि गाँउमा रहेको ठुलाखोला भन्ने ठाँउबाट रातीको समयममा पहिरो आएको हो । 
यस्तै यहाँका स्थानीय बासिन्दाले कुटानी मिसानी गर्ने पानी घट् समेत खोलाले बगाई दिएको छ । पहिरोका कारण २̷३ घरमा क्षती पुगेको भन्ने जानकारी आएको वडा अध्यक्ष भरत बोहराले जनकारी दिए । स्थानीय बासिन्दाको खेती योग्य जमीनमा समेत ठुलो क्षेती पुगेको छ । स्थानीय बासिन्दाका अनुसार प्रहरी घटना स्थल सम्म पुग्न सकेको छैन । वडा अध्यक्ष बोहराका अनुसार आफु कामको शिलशिलामा काठमान्डौ रहेको र प्रहरीलाई आफुले खबर गर्दा कामले गर्दा भोली मात्रै घटना स्थल जाने बताएको जानकारी दिए ।  यता जिल्ला प्रहरी कार्यलयले भने उक्त घटना बारे केही पनी जानकारी नभएको जनाएको छ । घटनामा के कती क्षेती भयो भन्ने एकीन विबरण आउन बाँकी छ । 

कमेन्ट लोड गर्नुस