सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीलाई ज्ञापन

२०७५ वैशाख १९, ०८:२३

७ नम्वर प्रदेशको महिला मानव अधिकार रक्षक सञ्जालले महिला मैत्री गणतान्त्रिक नेपाल सम्भव रहेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएको छ । गत चैतमा सम्पन्न महिला मञ्चले जारी गरेको घोषण पत्र र जनप्रतिनिधिका लागि बनााईएको आचारसंहिता सहित ज्ञापन पत्र बुझाईएको हो । सञ्जालले स्थानीय तहको संरचना र कार्य सम्पदानमा विभेद रहित कार्य प्रणाली आत्मसाथ गर्दै महिला, बालबालिका, अपागंता र विपन्न समुदायका लागि मैत्रीपुर्ण बनाउन माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले महिला मैत्री निति बनाईने र महिला हिसां मुक्त समाज निर्माणमा प्रदेश सरकारले पहल गर्ने बताए । सामाजिक विकास मन्त्री सोडारीले पनि महिला हिसां न्युनिकरण गर्दै महिला मैत्री समाज निर्माणमा टेवा पुगाउने बताए ।  
 

कमेन्ट लोड गर्नुस