सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिकार्जुन गाउँपालिकामा सौर्य सडक वत्ती जडान हुँदै

२०७५ जेठ २७, १२:४०

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सडक सौर्य वत्ती जडान सुरु भएको छ। चालू आर्थिक वर्षमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको र गाउँपालिकाको संयुक्त लगानीमा सडक सौर्य वत्ती जडान गरिन लागेको हो। गाउँपालिकाको मुख्य बजार क्षेत्र र मन्दिर क्षेत्रमा उज्यालो बनाउने उद्देश्यले बैकल्पिक उर्जा प्रद्र्धन केन्द्रको सहयोगमा सडक सौर्य वत्ती जडान गरिन लागेको गाउँपालिका प्रवक्ता प्रेम पन्तले बताए।

गाउँपालिकाले मालिकार्जुन मन्दिर क्षेत्र, शंकरपुर बजार क्षेत्र, मेलखेत, बजार क्षेत्र र जौलजीवि बजार क्षेत्रमा गरी कुल २८ वटा सौर्य सडक वत्ती राख्ने पन्तले बताए। बैकल्पिक उर्जा केन्द्रको १८ लाख ६६ हजार ६ सय ६ रुपैयाँ तथा मालिकार्जुन गाउँपालिकाको ७ लाख ९९ हजार ९ सय ७४ रुपैयाँ लागतमा सौर्य सडक वत्ती जडान गरिन लागेको हो। गाउँपालिकाका चार वटा क्षेत्रलाई आधार मानेर पहिलो पटक सौर्य सडक वत्ती जडान गरिने लागेको हो। 

कमेन्ट लोड गर्नुस