सुदूर नेपाललाई विश्वसँग जोड्दै

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

२०७४ फाल्गुन २७, १०:५७

बैतडीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, हल्लेक कुणिभिटामा स्काभेटर सह–चालक बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठको मृत्यु भएको हो ।

गएराति ९ बजे स्काभेटर चालक प्यूठानका डम्मबर बहादुर नगरकोटीले स्काभेटर चलाइरहेको बेला माथिबाट आएको ढिस्कोले पुरिएर सह–चालक श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सडक निर्माण गरिरहेका बेला एक्कासी माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।

कमेन्ट लोड गर्नुस